समाजवादी मोर्चाको पहिलो बैठक सुरु

शनिबार, २३ असार, २०८०
डिजिटल संस्करण
समाजवादी मोर्चाको पहिलो बैठक सुरु

तस्बिर : दीपेन्द्र ढुंगाना/नयाँ पत्रिका

समाजवादी मोर्चा, नेपालको पहिलो बैठक सुरु भएको छ। नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कार्यालय, आलोकनगरमा बैठक सुरु भएको हो।

बैठकमा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका शीर्ष नेताहरू सहभागी छन्।

मुलुकमा विकासित राजनीतिक घटनाक्रममा मोर्चाले निर्वाह गर्नुपर्ने भूमिका, सरकारले जनजीविकाका लागि गर्नुपर्ने कार्ययोजना र मोर्चालाई थप सशक्त बनाउने विषयमा बैठकमा छलफल हुने बताइएको छ।

सुझावित समाचार