सर्लाहीको हरिवनस्थित घुर्कौली टोलमा एक पुरुषले धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेका छन्।
शुक्रबार दिउँसो घरायसी कुरामा विवाद हुँदा हरिवन नगरपालिका– ५, घुर्कौली टोल बस्ने ३५ वर्षका राम भरोश भनिने अर्जुन महतोले २८ वर्षकी श्रीमती नैनकुमारी महतोको हत्या गरेका हुन्। दुईजनाबीच घरायसी कुरामा झगडा भएपछि अर्जुनले श्रीमती नैनकुमारीको घाँटीमा धारिलो हतियार प्रहार गरेकाे प्रहरीले जनाएको छ।
धारिलो हतियार प्रहारबाट नैनकुमारीको टाउको र शरीर छुट्टिएको छ। घटनालगत्तै अर्जुनलाई इलाका प्रहरी कार्यालय हरिवनले नियन्त्रणमा लिएको छ।
घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रवक्ता एवं डिएसपी दीपेन्द्र पञ्जियारले जानकारी दिए।