एनएमबि क्यापिटलमा इ–म्यान्डेटमार्फत भुक्तानी प्रणाली

बिहिबार, २१ असार, २०८०
डिजिटल संस्करण

 एनएमबि क्यापिटलबाट एसआइपी गरेकाले इ–म्यान्डेटमार्फत भुक्तानी सेड्युल मिलाउन सक्ने भएका छन् । एनएमबि क्यापिटल र नेपाल क्लियरिङ हाउस (एनसिएचएल)बीच भएको सम्झौताअनुसार क्यापिटलका एकाइधनीहरूले एसआइपीको मासिक वा त्रैमासिक लगानी रकम इ–म्यान्डेटमार्फत स्वचालित रूपमा भुक्तानी गर्न सक्ने व्यवस्था गरिएको हो । 

आफूले चाहेअनुसार लगानी रकम र समयावधि थपघट गर्न सकिने हुँदा एसआइपीमार्फत लगानी गर्नेहरूको संख्या उलेख्य वृद्धि हुँदै गएको क्यापिटलले जनाएको छ । क्यापिटलले लगानीको विकास गर्ने गरी ससाना रकमको लगानीबाट लाभ लिन मिल्ने गरी एसआइपी योजना सञ्चालन गरिरहेको जनाइएको छ ।

योजनामा आफूले चाहेअनुसार लगानी रकम र समयावधि थपघट गर्न सकिन्छ । इ–म्यान्डेटको प्रयोगले अब ग्राहक पटक–पटक भुक्तानी समय सम्झिने झन्झन्टबाट समेत मुक्त हुने क्यापिटले जनाएको छ ।

सुझावित समाचार