अवरुद्ध पूर्व-पशिचम राजमार्ग खुलाउन हवाई फायर

बुधबार, २० असार, २०८०
डिजिटल संस्करण

सप्तरीको हनुमाननगर कंकालिनी–३ स्थित महुली पुलमा अवरुद्ध पूर्व–पशिचम राजमार्ग खुलाउन प्रहरीले हवाई फायर गरेको छ।

सप्तरीका एसपी नरेन्द्रकुमार कार्कीले सडक खुलाउन गएका प्रहरी र बन्दकर्ताबीच झडप भएको बताए। राजमार्ग खुलाउन सामान्य बल प्रयोग गर्नुका साथै सटगनबाट एक राउन्ड हवाई फायर गरिएको बताए।

हरेक वर्ष वर्षातमा महुली नदीको बाँध भत्किएर बस्तीमा पस्ने गरेको र यसवर्ष पनि समस्या दोहोरिने भन्दै स्थानी आन्दोलित बनेका छन्। 

उनीहरुले स्थानीय सरकारलगायत सम्बन्धित निकाय बाँध नियन्त्रणमा चासो नदिएको भन्दै पूर्वपश्चिम राजमार्गअन्तर्गत पोर्ताहाको महुली पुलनजिकै बुधबार दिउँसो सडक अवरुद्ध गरेका थिए। 
 

See More On

सुझावित समाचार