नेपाल आर्मीका पवन मोक्तान र एक्सबक्सका सर्मेश लामिछाने प्रकाश दाहाल स्मृति पुरुष खुला बक्सिङ प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् । पुरुष ९२ केजीमाथिको सेमिफाइनलमा पवनले बक्समान्डुका रवीन्द्र घिमिरेलाई हराए । सोही विधामा सर्मेशले नुवाकोटका निशान गुरुङलाई निराश पारे । पुरुष ९२ केजीमुनि एपिएफका गोकुल गुरुङ र आर्मीका मोहनराज जोशी अन्तिम चारमा पुगेका छन् । ५१ केजीमा नेपाल प्रहरीका चन्द्रबहादुर थापा र एपिएफका प्रदीप महर्जनले सेमिफाइनल स्थान पक्का पारे ।
यसैगरी, ५७ केजीमा एपिएफका पुरन राई, ६० केजीमा एपिएफका विक्रम परियार र आर्मीका इन्द्रबहादुर सुनुवार पनि अन्तिम चारमा पुगे । ६७ केजीमा एपिएफका विक्रम चौधरी, ७१ केजीमा बक्समान्डुका चन्द्रबहादुर तामाङ र आर्मीका दानबहादुर दर्लामी तथा ७५ केजीमा एचटुओका विनिश राईले अन्तिम चारको स्थान पक्का पारे ।
९२ केजीमुनि एपिएफका गोकुल गुरुङ र आर्मीका मोहनराज जोशीले फाइनलमा स्थान पक्का गरे । प्रतियोगिताको महिलातर्फ ४८ केजीमा जेन्सकी तेजिमाया गुरुङ, ५२ केजीमा बक्समान्डुकी अञ्जनी तेली र एपिएफकी सञ्जुमाया थिङ फाइनलमा पुगेका छन् । ५४ केजीमा प्रहरीकी निशा तामाङ र एपिएफकी निता गोसाईं तथा ५७ केजीमा एपिएफकी माला राई र जेन्सकी स्वस्तिका तिरुवाले अन्तिम दुई स्थान पक्का पारे ।
त्यस्तै, महिला ६० केजीमा आमीर्धकी वर्षा श्रेष्ठ र बज्रकी कविता सिंह, ६३ केजीमा बक्समान्डुकी हेमा राई र आर्मीकी नीरु गुरुङ, ६६ केजीमा एपिएफकी मुगामाया पाख्रिन तथा ७० केजीमा एपिएफकी मनिता राईले फाइनलमा स्थान सुरक्षित गरे ।