सरकारले बेपत्ता छानबिन र सत्य निरूपण आयोगको कार्यावधि थप गर्न बाधा अड्काउ फुकाउ आदेश जारी गर्ने

मंगलबार, १९ असार, २०८०
डिजिटल संस्करण
सरकारले बेपत्ता छानबिन र सत्य निरूपण आयोगको कार्यावधि थप गर्न बाधा अड्काउ फुकाउ आदेश जारी गर्ने

फाइल तस्बिर

सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोगको कार्यावधि थप गर्न बाधा अड्काउ फुकाउ आदेश जारी गर्ने भएको छ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले यी दुई आयोगको कार्यावधि आगामी पुस मसान्तसम्म थप गर्न बाधा अड्काउ फुकाउको आदेश जारी गर्ने निर्णय गरेको हो।

त्यसैगरी, बैठकले निजामती सेवाको राजपत्रांकित विशिष्ट श्रेणीको रिक्त पदमा घनश्याम उपाध्यायलाई बढुवा गर्ने निर्णय पनि गरेको छ।

सुझावित समाचार