लुम्बिनीमा विनियोजन विधेयक पारित

मंगलबार, १९ असार, २०८०
डिजिटल संस्करण

लुम्बिनी प्रदेश सभाले विनियोजन विधेयक पारित गरेको छ। मंगलबार बसेको बैठकले आगामी आर्थिक वर्ष ०८०/८१ को सेवा र कार्यका लागि प्रदेश सञ्चिति कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेको हो। 

अर्थमन्त्री धनबहादुर मास्कीले विधेयकमाथि छलफल गरियोस् भनी प्रस्ताव राखेका थिए। तर, प्रतिपक्षको विरोधका कारण विधेयकमाथि छलफल भने हुन सकेन। 

छलफल नभएपछि सभामुखले निर्णयार्थ पेस गरेको विधेयकलाई बहुमतले पास गरेको हो। प्रदेश सभामा एमाले सांसदहरूले खारेज भएका निर्देशनालयहरूलाई फिर्ताको माग गर्दै सुरुदेखि नै संसद् अवराेध गर्दै आएका छन्।

दिउँसो साढे १ बजेदेखि सुरु भएको बैठक एमाले सांसदको अवरोधका कारण एक घण्टा स्थगित भएको छ।

सुझावित समाचार