व्यास गुफामा नेपाल एसबिआई बैंकको सहयोग

मंगलबार, १९ असार, २०८०
डिजिटल संस्करण

नेपाल एसबिआई बैंक लिमिटेडले दमौलीको व्यास नगरपालिकाको व्यास गुफापरिसरमा निर्माणाधीन सन्त भवन तथा अन्य निर्माण कार्यका लागि आर्थिक सहयोग गरेको छ । बैंकको दमौली शाखाले वेदानुयायी प्रतिष्ठान नेपाल, केन्द्रीय कार्यालय व्यास गुफा तनहुँमार्फत सहयोग रकमको चेक हस्तान्तरण गरेको हो । 

आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत गरेको उक्त सहयोग बैंकका गण्डकी प्रदेश प्रमुख सुशीलचन्द्र महतले वेदानुयायी प्रतिष्ठान नेपालका मूल संरक्षक दामोदर बाबालाई हस्तान्तरण गरेको जनाइएको छ । बैंकको दमौली शाखा प्रबन्धक दिवाकर भट्टले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले हरेक वर्ष विभिन्न सामाजिक क्षेत्रमा सहयोग गर्दै आएको र यसका साथै वित्तीय साक्षरतासम्बन्धी कार्यक्रम पनि गर्दै आएको जानकारी दिए । 

बैंकले हाल देशभरमा ९३ शाखा, २२ एक्सटेन्सन काउन्टर, सात प्रादेशिक कार्यालय तथा एक कर्पोरेट अफिसका साथै एक सय २८ एटिएममार्फत सेवा दिँदै आएको जनाएको छ । 

सुझावित समाचार