सार्वजनिक स्थलमा नेतृत्वको विरोध नगर्न नेता-कार्यकर्तालाई कांग्रेसको आग्रह

सोमबार, १८ असार, २०८०
डिजिटल संस्करण

नेपाली कांग्रेसले पार्टीको नीति र नेतृत्वको सार्वजनिक स्थलमा विरोध नगर्न नेता–कार्यकर्तालाई आग्रह गरेको छ। सोमबार बसेको पार्टीको सूचना, सञ्चार तथा प्रचार विभागले पार्टी संगठनका सबै तहका पदाधिकारी र सदस्यहरूलाई यस्तो आग्रह गरेको हो।

बैठकले सरकारले आजसम्म गरेका राम्रा कामको सन्देश जनतासम्म पुर्‍याउने, विभागको कामलाई प्रभावकारी बनाउन निर्देशिका मस्यौदा समिति र कार्ययोजना तर्जुमा समिति गठन गर्नेलगायतका निर्णय गरेकाे विभागका प्रमुख मीनबहादुर विश्वकर्माले विज्ञप्तिमार्फत जानकारी दिएका छन्।

सुझावित समाचार