श्रीलंकाले निजी विश्वविद्यालयमा अध्ययन गर्न विद्यार्थीलाई निर्ब्याजी ऋण दिने

सोमबार, १८ असार, २०८०
डिजिटल संस्करण

सन् २०१९ देखि २०२१ सम्म विश्वविद्यालयको प्रवेश परीक्षा दिएका श्रीलंकाका विद्यार्थीहरूलाई निजी विश्वविद्यालयहरूमा अध्ययन गर्न चाहेमा  निर्ब्याजी ऋण दिने व्यवस्था गर्ने भएको छ।

त्यसका  लागि मंगलबारदेखि शुक्रबारसम्म आवेदन दिन सकिने अधिकारीहरूले बताएका छन्। ऋण योजनाका लागि ५ हजार विद्यार्थी छनोट गर्ने सरकारको योजना रहेको अर्थ राज्यमन्त्री रञ्जित सियाम्बलापिटियाले कोलम्बोमा बताएका छन्। 

छनोट भएका विद्यार्थीहरूले रोजगारमूलक पाठ्यक्रम अपनाउनुपर्ने बताइएको छ। प्रत्येक विद्यार्थीका लागि सरकारी बैंकबाट उपलब्ध गराइने ब्याजरहित ऋण ११ लाख रुपैयाँ (करिब ३ हजार ४ सय अमेरिकी डलर)सम्म रहेको बताइएको छ।

सन् २०२३  मा विश्वविद्यालय प्रवेश परीक्षामा तीन लााख ३३ हजार ७०० भन्दा बढी विद्यार्थीहरू सहभागी थिए। तीमध्ये केवल ३० हजार विद्यार्थीले राज्यको स्वामित्वमा रहेका विश्वविद्यालयमा प्रवेश पाउन सक्छन्।

सुझावित समाचार