एनआइबिएल एस र मेगा क्यापिटलको एकीकृत कारोबार सुरु

सोमबार, १८ असार, २०८०
डिजिटल संस्करण

एनआइबिएल एस क्यापिटल लिमिटेडले मेगा क्यापिटल मार्केट्स लिमिटेडलाई प्राप्ति गरेपछि एकीकृत कारोबार सुरु भएको छ। साबिकका दुवै संस्थाको सञ्चालक समितिको छुट्टाछुट्टै बैठकको निर्णयबमोजिम ‘एनआइएमबी एस क्यापिटल लिमिटेड’ नामबाट सोमबारदेखि एकीकृत कारोबार सुरु भएको हो।

एक्विजिसन (प्राप्ति)पश्चात् कम्पनीको चुक्ता पुँजी ४७ करोड तथा ४ लाख ८५ हजारभन्दा बढी हितग्राही खाता भएको छ। कम्पनीले अब ७ वटा शाखा कार्यालय र ५५ भन्दा बढी कम्पनीको सेयर रजिस्ट्रार कार्यमार्फत करिब २५ लाखभन्दा बढी सेयरधनीहरूलाई सेवा प्रदान गर्नेछ।

एक्विजिसनपश्चात् हाल गर्दै आएको मर्चेन्ट बैंकिङ तथा इन्भेस्टमेन्ट बैंकिङ व्यवसायमा गुणात्मक असर पर्नुका साथै सेवाहरू अझ सुदृढ र सशक्त रूपमा विस्तार हुँदै धितोपत्र बजारमा आफ्नो विशिष्ट पहिचान बनाउने कम्पनीको विश्वास छ।
 

सुझावित समाचार