कोसीका प्रदेश प्रमुख परशुराम खापुङले नयाँ सरकार गठनको लागि आह्वान गरेका छन्। उनले संविधानको धारा १६८ (२) अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा मिलीजुली सरकार गठनका लागि आह्वान गरेका हुन्।
अब दलहरूले २१ असारसम्म प्रदेश सभाका बहुमत सदस्यको समर्थनमा मुख्यमन्त्री प्रस्ताव गर्नुपर्नेछ। शुक्रबार एमाले नेता हिक्मतकुमार कार्की प्रदेश सभाबाट विश्वासको मत नपाएपछि पदमुक्त भएका थिए।
(यसअघि भूलवश, नयाँ सरकार गठनका लागि पाँच दिनकाे म्याद दिएर अाह्वान हुन गएकाेमा सच्याइएकाे छ । सं.)