ललितानिवास परिसरको जग्गा काठमाडौं महानगरले तारबार गर्ने

आइतबार, १७ असार, २०८०
डिजिटल संस्करण

काठमाडौं महानगरपालिकाले ललितानिवास परिसरको जग्गालाई तारबार गर्ने भएको छ।

आइतबार नगर प्रहरी प्रमुख राजु पाण्डेको नेतृत्वमा महानगरको टोली ललितानिवास क्षेत्रमा पुगेको थियो। टोलीले ललितानिवासमा बनेका अस्थायी वा अनधिकृत संरचना हटाएर उक्त क्षेत्रलाई तारबारले घेर्ने तयारी गरेको हो।

स्वीकृतिबिना निर्माण भएका वा निर्माणाधीन संरचना हटाउन महानगरपपालिकाले आग्रह गरेको छ। दुई दिनभित्रमा अस्थायी र अनाधिकृत संरचना आफैँ नहटाए महानगरपालिकाले भत्काउने चेतावनी दिएको छ।

तस्बिरहरू : सतिश पोखरेल/नयाँ पत्रिका

सुझावित समाचार