सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना ग्राहकहरूलाई आकर्षक सेवा सुविधा उपलब्ध गराउने क्रममा विभिन्न संस्थाहरूसँग सम्झौता गरी विशेष छुट सुविधा उपलब्ध गराउने भएको छ।
सम्झौतापश्चात् सिटिजन्स बैंकका ग्राहकहरूले उक्त संस्थाहरूका विभिन्न सेवाहरूमा विशेष छुट प्राप्त गर्न सक्नेछन्। बैंकका ग्राहकहरूले निजगढ, बारामा अवस्थित निजगड बर्गर हाउस एन्ड क्रन्ची चिकेन, नेपाल फेन्सी स्टोर, फायरउड सेकुवा एन्ड तन्दुरी भान्सा घर र किड्स कलेक्सनमा १० प्रतिशतसम्मको विशेष छुट पाउनेछन्।
बैंकले डिजिटल बैंकिङ माध्यमहरूको प्रयोगलाई बढाउन र ग्राहकहरूलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय-समयमा ग्राहकमैत्री सुविधाहरू सञ्चालनमा ल्याउँदै आएको छ।