नारायणगढ-मुग्लिन सडककाे पहिरो पन्छाउन समय लाग्ने

आइतबार, १७ असार, २०८०
डिजिटल संस्करण

नारायणगढ–मुग्लिन सडक खण्डमा खसेको पहिरो पन्छाउन अझै समय लाग्ने भएको छ। इच्छाकामना गाउँपालिका–५ तीन नम्बर पुलमा गए राति पहिरो खसेको हो।

डिभिजन सडक कार्यालय चितवनका प्रमुख रमेशकुमार पौडेलले थप पहिरो नखसे केही घण्टापछि सडक खुलाउन सकिने बताए। पहिरोको एउटा ढिस्को नै झरेकाले पन्छाउन समय लागेको उनले बताए। उनका अनुसार र्को ढिस्को पनि खस्ने अवस्थामा छ।   

सो स्थानमा बिहानैदेखि पहिरो पन्छाउने काम भइरहेको छ। छिनछिनमा पहिरो खस्दा यातायात अवरुद्ध हुँदैआएको छ।

सुझावित समाचार