संसदीय रिपोर्टिङ गर्ने पत्रकारहरूको संस्था संसदीय मामिला पत्रकार समाजको अध्यक्षमा मनोज सत्याल निर्वाचित भएका छन् । शनिबार सम्पन्न समाजको आठौं अधिवेशनले सत्यालकशो अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
समाजको उपाध्यक्षमा सृजना घिमिरे र किरण दाहाल, महासचिवमा जयसिंह महरा, सचिवमा गुन्जनराज गिरी र सविता शर्मा, कोषाध्यक्षमा अमुल थापा, सदस्यहरूमा रघुनाथ बजगाईं, कमलराज भट्ट, रोमन आचार्य, शीला तिमल्सिना, मीरा बस्नेत, अञ्जना लामिछाने, राजु थापा र विनोद कटुवाल निर्वाचित भएका छन् । नवनिर्वाचित अध्यक्ष सत्यालले संसदीय पत्रकारितालाई खोज अनुसन्धानमा केन्द्रित गर्ने र संस्थालाई संसदीय गतिविधिमा क्रियाशील बनाउने प्रतिबद्धता जनाए ।