कांग्रेस बदल्न महामन्त्री पद त्याग्न पनि तयार छु : गगन थापा

शनिबार, १६ असार, २०८०
डिजिटल संस्करण

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेस बदल्ने अभियानमा आफू लागिपरेको बताएका छन्।

नेपाली का‌ंग्रेस दोलखा–काठमाडौं सम्पर्क समितिले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले पार्टी सुधार्न आफू महामन्त्री पद त्याग्न पनि तयार रहेको बताए। डेमोक्रेसीमा एउटै व्यक्ति पटक-पटक प्रधानमन्त्री हुने कुनै पनि देश नभएको दाबी गर्दै उनले एउटै व्यक्ति पटक-पटक प्रधानमन्त्री बन्दा कांग्रेस, एमाले र माओवादीजस्ता पुराना पार्टीहरू एकसाथ संकटमा परेको प्रस्ट्याए।

‘यो देश बदल्नै पर्छ। बदलिएको कांग्रेसले मात्रै यो काम गर्न सक्छ। तर, का‌ंग्रेस बदल्न हामी प्रत्येक बदलिन तयार हुनुपर्छ। म बदलिन तयार छु। म बदलिन तयार छु भनेको मैले पटक-पटक भनेको छु– दाग लागेको कांग्रेसको महामन्त्री हुनुभन्दा सफा का‌ंग्रेसको कार्यकर्ता मात्रै भएर बस्दा बडो मजा आउँछ। त्यो बदलिन म तयार हो। सबै तयार हुनुपर्छ,’ उनले भने।

महामन्त्री थापाले अहिलेको गठबन्धन सरकार परिवर्तन हुन सक्ने भए पनि कांग्रेसले सर्तसहित सरकारमा सहभागी हुने गरी नीतिगत निर्णय गरेर अघि बढ्नुपर्ने बताए।

सुझावित समाचार