अपडेट : हेटौंडा बस दुर्घटनामा ५२ जना घाइते

शुक्रबार, १५ असार, २०८०
डिजिटल संस्करण

हेटौंडामा भएको यात्रुबाहक बस दुर्घटनामा परी घाइते हुनेको संख्या ५२ पुगेको छ। घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

नारायणगढबाट जनकपुरका लागि छुटेको ना ६ ख ९८०४ नम्बरको बस हेटौंडा– ११ नवलपुरमा अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल खसेको थियो।

घाइतेमध्ये ३० जनाको हेटौंडा अस्पताल, २१ जनाको चुरेहिल अस्पताल र गम्भिर घाइते एकजनाको चितवनको भरतपुरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख एसपी बामदेब गौतमले जानकारी दिए। उनका अनुसार बसका चलाक फरार रहेकाले उनको खोजी भइरहेको छ।

सुझावित समाचार