सरकारले मन्त्रिपरिषद्को विधेयक समितिबाट पेस भएको सवारी तथा यातायात व्यवस्था (नवौं संशोधन) नियमावली, २०८० स्वीकृत गरेको छ।
असार १२ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय शुक्रवार सार्वजनिक गर्दै सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सो जानकारी दिएकी हुन्।
‘मन्त्रिपरिषद्को विधेयक समितिबाट पेस भएको सवारी तथा यातायात व्यवस्था नवौं संशोधन नियमावली, २०८० स्वीकृत गरिएको छ,’ उनले भनिन्।