‘विनियोजन विधेयक, २०८०’ राष्ट्रिय सभामा पेस

शुक्रबार, १५ असार, २०८०
डिजिटल संस्करण

अर्थमन्त्री डा. प्रकाशशरण महतले ‘विनियोजन विधेयक, २०८०’ राष्ट्रिय सभामा प्रस्तुत गरेका छन्। शुक्रबार बसेको राष्ट्रिय सभा बैठकमा उनले सो विधेयक पेस गरेका हुन् ।

आर्थिक वर्ष ०८०/८१ को सेवा र कार्यका लागि संघीय सञ्चित कोषबाट रकम खर्च गर्नेसम्बन्धी अधिकार दिन सो रकम विनियोजन गर्न वाञ्छनीय हुने भएकाले प्रस्तुत विधेयक राष्ट्रिय सभामा पनि पेस गर्नुपरेको अर्थमन्त्री महतले स्पष्ट पारे।

‘आर्थिक वर्ष ०८०/८१ को सेवा र कार्यका लागि संघीय सञ्चित कोषबाट रकम खर्च गर्नेसम्बन्धी अधिकार दिन सो रकम विनियोजन गर्न वाञ्छनीय हुने भएकाले प्रस्तुत विधेयक पेस गर्नुपरेको हो,’ उनले भने।

सुझावित समाचार