एमालेप्रति मन्त्री गुरुङको कटाक्ष– भोको स्यालले श्राप दिँदैमा हात्ती मर्दैन

शुक्रबार, १५ असार, २०८०
डिजिटल संस्करण

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री एवं नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले वर्तमान सत्तागठबन्धनको सरकार नढल्ने दाबी गरेका छन् । 

शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेप्रति लक्षित गर्दै भोकाएको स्यालले श्राप दिँदैमा हात्ती नमर्ने बताए ।

उनले एमाले सत्तामा जानका लागि भोकाइरहेको बताए । उनले वर्तमान सरकारले भ्रष्टाचारका ठूला फाइलहरू खोलेपछि सरकार ढल्छ भन्नेजस्ता भ्रम समाजमा फैलाइएको उल्लेख गरे।  उनले सरकार सुशासन दिने काममा र भ्रष्टाचार निमिट्यान्न बनाउने कामबाट पछि नहट्ने बताए । 

मन्त्री गुरुङले नेपाली राजनीतिमा लामो समयदेखि निराशाको बादल मडारिएको उल्लेख गरे । 

सुझावित समाचार