एडिबीले साढे ६ अर्ब सहुलियत ऋण दिने

शुक्रबार, १५ असार, २०८०
डिजिटल संस्करण

एसियाली विकास बैंक (एडिबी)ले नेपाललाई साढे ६ अर्ब रुपैयाँ सहुलियतपूर्ण कर्जा दिने भएको छ । आन्तरिक र अन्तर्राष्ट्रिय व्यापार क्षेत्र सुदृढीकरणका लागि नीतिगत सुधार गर्न एडिबीले पाँच करोड अमेरिकी डलरबराबर ऋण सहयोग स्वीकृत गरेको हो । 

सन् २०२२ मा नेपालको कुल गार्हस्थ्य उत्पादन (जिडिपी)मा उद्योग र व्यापारको योगदान १४.१ प्रतिशत रहेको छ । उद्योग, व्यापार र आपूर्ति चक्रको सुधार गर्दै जिडिपीमा योगदान बढाउन सरकारले प्रयास गरिरहेको छ । यसका लागि भन्सार र ढुवानी प्रणाली तथा सेवा सुधार गर्नुपर्नेछ । एडिबीले दिने सहुलियत ऋण यही सुधारका लागि खर्च हुनेछ । भन्सार सुधार तथा आधुनिकीकरण योजना कार्यान्वयनमा समेत यो ऋण परिचालन हुनेछ । 

उद्योग र व्यापार क्षेत्रको विकासले प्रतिस्पर्धा बढाउनेछ र देशलाई दिगो आर्थिक विकासतर्फ अग्रसर गराउने एडिबीका निर्देशक थिएम हिङले बताए । उनले व्यापार सहजीकरणले निर्यात बढाउने हुँदा त्यसले नेपालको शोधनान्तरलाई सन्तुलित बनाउन सहयोग पुर्याउनेसमेत बताए । 

See More On

सुझावित समाचार