आर्यभञ्ज्याङमा लेदोसहितको पहिरो खस्दा सिद्धार्थ राजमार्ग अवरुद्ध

शुक्रबार, १५ असार, २०८०
डिजिटल संस्करण

सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको आर्यभञ्ज्याङ–राम्दी सडकखण्डमा पर्ने धैरेनीमा लेदोसहितको पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको छ।

गएरातिदेखि परेको अविरल वर्षाका कारण गेग्रेटोसहितको पहिरोले राजमार्ग अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाले जनाएको छ।

सडक सञ्चालन गर्ने प्रयास पहिरो झरिरहेका कारण सफल हुन सकेको छैन । राजमार्गमाथि कच्ची बाटो खनिएका कारण पहिरो गएको हो
 

सुझावित समाचार