राजनीतिमा मदन भण्डारीको योगदान उच्च : माधव नेपाल

बिहिबार, १४ असार, २०८०
डिजिटल संस्करण

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कम्युनिस्ट सिद्धान्तलाई स्वदेशी मौलिकतामा विकास गरी त्यसलाई लोकप्रिय बनाउन जननेता मदन भण्डारीको योगदान उच्च रहेको बताएका छन्। 

मदन भण्डारीको ७२औँ जन्मजयन्तीका अवसरमा अध्यक्ष नेपालले आज सन्देश जारी गर्दै नेपाली राजनीतिमा जनताको बहुदलीय जनवादको प्रतिपादन र त्यसको प्रयोगबाट सामाजिक न्याय, समानता, विकास र समृद्धिका लागि नेता भण्डारीले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गरे। 

भण्डारीले विश्व परिवेशमा रक्षात्मक बन्दै गएको कम्युनिस्ट सिद्धान्तलाई गहिरो अध्ययन गरी समयसापेक्ष जनताको चाहनाअनुसार सुदृढीकरण गरी लोकप्रिय बनाएको भनिएको सन्देशमा उनको सरल जीवनशैली, आदर्श, निष्ठा र संघर्ष सबैका लागि अनुकरणीय र प्रेरणादायी उनको भनाइ छ।

तत्कालीन नेकपा (एमाले)का महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको ०५० जेठ ३ गते चितवनको दासढुंगामा भएको दुर्घटनामा परी निधन भएको थियो।
 

सुझावित समाचार