एमालेको अवरोधपछि लुम्बिनी प्रदेश सभा बैठक स्थगित

बुधबार, १३ असार, २०८०
डिजिटल संस्करण

एमालेले अवरोध गरेपछि लुम्बिनी प्रदेश सभाको बैठक आधा घन्टा स्थगित भएको छ। बुधबार पाँच बजेदेखि सुरु भएको बैठक आधा घण्टा चलेको थियो। साढे ५ बजे स्थगित भएको बैठक आधापछि चल्नेछ। 

एमालेले निर्देशनालयलाई खारेज गर्न नहुने, प्रत्येक निर्वाचन क्षेत्रमा दुईवटा क्रमागत योजना समावेश गर्नुपर्नेलगायतका माग राखेको छ। 

विशेष समय माग गर्दै एमाले संसदीय दलका नेता लीला गिरीले एनजिओमुखी कार्यक्रम बढी समावेश भएको भन्दै असन्तुष्टि व्यक्त गरे। साथै, उनले मुख्यमन्त्री नवप्रवर्द्धनलगायतका नाममा दुई अर्ब बढीको डल्लो बजेट राखेको भन्दै आपत्ति जनाए। 

सुझावित समाचार