राष्ट्रपति पौडेल अस्पतालबाट डिस्चार्ज

बुधबार, १३ असार, २०८०
डिजिटल संस्करण

राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालबाट शीतलनिवास फर्किएका छन्। 

छातीमा समस्या आएपछि गत २ असारमा उनलाई त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएकाे थियाे। 

११ दिनदेखि उपचार गराइरहेका राष्ट्रपति पौडेल आज अस्पतालबाट डिस्चार्ज भएकाे राष्ट्रपतिको कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन्। उनकाे मुटुमा पेसमेकर राखिएकाे छ। अहिले उनकाे स्वास्थ्य अवस्था सामान्य छ। 

सुझावित समाचार