प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद ठाकुरप्रसाद गैरेले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमा स्रोतहरू नै विश्वसनीय नभएको दाबी गरेका छन्।
बुधबार प्रतिनिधिसभाको दोस्रो बैठकमा आर्थिक विधेयक २०८० माथि विचार गरियोस् भन्ने प्रस्तावमाथिको छलफलमा भाग लिँदै उनले सो कुरा बताएका हुन्।
सांसद गैरेले खर्चको अनुमान र स्रोतहरू नै तथ्यपरक नभएकाले सो बजेटले लिएका कुनै पनि लक्ष्य पूरा हुन नसक्ने जिकिर गरे। बजेटले महँगी बढ्ने, कालाबजारी बढ्ने उनको भनाइ थियो।
सांसद गैरेले बजेटले आगामी आर्थिक वर्षमा ६ प्रतिशत आर्थिक वृद्धिदर गर्ने सरकारको लक्ष्य प्राप्त नहुने बताए।