विषाक्त च्याउ खाँदा नौजना बिरामी

बुधबार, १३ असार, २०८०
डिजिटल संस्करण

पाँचथरमा विषाक्त च्याउ खाँदा नौजना बिरामी परेका छन् । कुम्मायक गाउँपालिका र फिदिम नगरपालिकामा उनीहरू बिरामी परेका हुन् । 

कुम्मायक गाउँपालिका– १ मा मंगलबार विषाक्त च्याउ खाँदा चारजना बिरामी परेका छन् । कुम्मायक– १ भदौरेका लीला थापा, हेमन्ता थापा, इन्द्रमाया नेपाली र हर्कबहादुर दर्जी विषाक्त च्याउ खाई बिरामी परेका हुन् । उनीहरूलाई  जिल्ला अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि झापाको बिर्तासिटी अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

यस्तै, फिदिम नगरपालिका– ११ लक्सीबोटेमा सोमबार विषाक्त च्याउ खाँदा एउटै घरका पाँचजना बिरामी भएका थिए । उनीहरूको जिल्ला अस्पतालमा उपचार गरिएको छ । 

सुझावित समाचार