पाँच महिनामै राजस्व अनुसन्धान विभागका महानिर्देशक फेरिएका छन्। पछिल्ला महिनामा तीव्र प्रशासनिक अस्थिरता देखिएको विभागमा पाँच महिनामै महानिर्देशक फेरिएका छन्।
विभागका महानिर्देशक नारायण सापकोटालाई प्रधानमन्त्री कार्यालय तानेर त्यहाँ नवराज ढुंगानालाई पठाइएको छ। ढुंगाना प्रधानमन्त्रीका निजी सचिव थिए।
ढुंगानालाई महानिर्देशक बनाएर हाल कार्यालयमै अतिरिक्तमा रहेका सहसचिव अर्जुन भण्डारीलाई प्रधानमन्त्रीको निजी सचिवमा लगिएको छ। कार्यालयले मंगलबार यस्तो निर्णय गरेको हो।