जनस्वास्थ्य निरीक्षकको सवा करोड गैरकानुनी सम्पत्ति, अख्तियारद्वारा भ्रष्टाचार मुद्दा

मंगलबार, १२ असार, २०८०
डिजिटल संस्करण

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको बलरा नगरपालिकाका जनस्वास्थ्य निरीक्षक कौशलेन्द्र मिश्रविरुद्ध अवैध सम्पत्ति आर्जन गरेको अभियोगमा भ्रष्टाचार मुद्दा दर्ता गरेको छ। मिश्रविरुद्ध अख्तियारले मंगलबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको हो।

०५७ असार ८ गते सार्वजनिक सेवा प्रवेश गरेका मिश्रले ०७८ कात्तिक २६ गतेसम्म एक करोड ३० लाख ४५ हजार गैरकानुनी सम्पत्ति आर्जन गरेको अख्तियारको दाबी छ। अख्तियारका अनुसार उनले गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्ति र सोबाट बढे–बढाएको सम्पत्ति पत्नीहरू सरोजकुमारी र तुलसीकुमारी मिश्र शर्माको नाममा राखेको देखिएको छ।

सुझावित समाचार