सेवा आयोगका अध्यक्षलाई दुर्व्यवहार गर्नेहरूमाथि कारबाही गर्न सरोकार समाजको माग

आइतबार, १० असार, २०८०
डिजिटल संस्करण

पूर्वाञ्चल विश्वविद्यालय सरोकार समाजले सेवा आयोगका अध्यक्ष प्रा.डा. महेशराज दाहालमाथि कालोमोसो पोखेर दुर्व्यवहार गर्ने कार्यमा संलग्नलाई कारबाही गर्न माग गरेको छ।

आइतबार विश्वविद्यालयका उपकुलपतिलाई ध्यानाकर्षण-पत्र बुझाउँदै समाजका पदाधिकारीले घटनामा संलग्नहरूलाई कारबाहीका लागि थप दबाबका साथ अघि बढ्न अनुरोध गरे। ‘विश्वविद्यालयमा हुने अमर्यादित गतिविधिहरूलाई तत्काल नियन्त्रण गरी विधि र पद्धतिमा सञ्चालन गर्न उपकुलपतिज्यूमार्फत सम्पूर्ण विश्वविद्यालयको ध्यानाकर्षण गराउँदछौँ,’ समाजका अध्यक्ष संजीव रोकाहाद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ।

२९ जेठमा घटेको घटनामा संलग्न सबै अभियुक्तहरू अझै पक्राउ नहुनु र उनीहरूको संरक्षक र योजनाकारहरूको स्पष्ट किटान गर्न नसक्नु दुःखद भन्दै समाजले भनेको छ, ‘नियोजित र योजनाबद्ध घटाइएको यस प्रकारका घटनालाई सामान्य रूपमा बुझ्ने दुष्प्रयास कोही कसैको नहोस्। हामी खबरदारी गर्न चाहन्छौँ।’

सुझावित समाचार