युएईमा हुने बिच सकर विश्वकप सर्‍याे

आइतबार, १० असार, २०८०
डिजिटल संस्करण

फिफाले युएईले आयोजना गर्न लागेको फिफा बिच सकर विश्वकप २०२३ नोभेम्बरको सट्टा फेब्रुअरी २०२४ मा आयोजना गर्ने निर्णय गरेको छ।

फिफाले आफ्नो खेल प्रतियोगिताको वार्षिक गतिविधिको सहज प्रवाह सुनिश्चित गर्न आफ्नो २४औँ परिषद् बैठकबाट यो निर्णय गरेको हो। 

युएईले गत फेब्रुअरीमा प्रतियोगिता आयोजना गर्न आफ्नो उम्मेदवारी फाइल बुझाएको थियो। दुबईमा सन् २००९ को संस्करणपछि युएईले बिच सकर विश्वकप आयोजना गरेको यो दोस्रोपटक हो।

सुझावित समाचार