काठमाडौं महानगरले नगर प्रहरीको दरबन्दी बढाउने भएको छ। आगामी आर्थिक वर्ष ०८०/८१ को बजेट सार्वजनिक गर्दै उपप्रमुख सुनिता डंगोलले नगर प्रहरीको संख्या पाँच सय पुर्याइने बताइन्।
काठमाडौं महानगरमा हाल स्थायी र करार गरी तीन सय ३३ नगर प्रहरी छन्। यसमध्ये पनि सक्रिय रूपमा खट्न सक्ने निकै कम भएकाले महानगरले नगर प्रहरीको दरबन्दी थप्न लागेको हो।
नगर प्रहरीसँगै कुचीकारलगायतको दरबन्दी पनि बढाउने उपप्रमुख डंगोलले बताइन्।