नेदरल्यान्ड्ससँग नेपाल ७ विकेटले पराजित

शनिबार, ९ असार, २०८०
डिजिटल संस्करण
नेदरल्यान्ड्ससँग नेपाल ७ विकेटले पराजित

तस्बिर : आइसिसी

आइसिसी एकदिवसीय विश्वकपको ग्लोबल छनोटमा नेदरल्यान्ड्ससँग नेपाल पराजित भएको छ। जिम्बावेको हरारे खेलमैदानमा नेपाल सात विकेटले पराजित भएको हो।

नेपालले दिएको १६८ रनको सामान्य लक्ष्य नेदरल्यान्ड्सले २७.१ ओभरमा तीन विकेटको क्षतिमा पूरा गर्यो। टस जितेर नेदरल्यान्ड्सले फिल्डिङ रोजेपछि नेपालले पहिले ब्याटिङ गरेको थियो।

४४.३ ओभरमा अलआउट भएको नेपालले १६७ रन मात्र बनाएको थियो। नेपालका लागि कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ३३ रन बनाउँदा सन्दीप लामिछानेले र कुशल भुर्तेलले समान २७ रन जोडे।

भीम सार्की २२, गुल्सन झा १५, दीपेन्द्रसिंह ऐरी १४, कुशल मल्ल १२, आरिफ सेख ६ र करण केसी एक रन बनाएर आउट हुँदा आसिफ सेखले कुनै रन जोड्न सकेनन्। एक बल खेलेर कुनै रन नबनाएका ललित राजवंशी अवितिज रहे।

नेदरल्यान्ड्सका लोगन भान बिक एक्लैले चार विकेट लिए। विक्रमजित सिंह र बास डी लिडले समान २ तथा क्लेटन फ्ल्योड र आर्यन दत्तले समान १ विकेट लिए।

सुझावित समाचार