जसपा केन्द्रीय समितिको बैठक सुरु

शनिबार, ९ असार, २०८०
डिजिटल संस्करण

जनता समाजवादी पार्टी नेपालको केन्द्रीय समितिको बैठक सुरु भएको छ। शनिबार काठमाडौंको एक होटेलमा बैठक सुरु भएको हो।

आइतबारदेखि हुन लागेको पार्टीको विधान अधिवेशनको पूर्वसन्ध्यामा बैठक बोलाइएको हो। काठमाडौंको कमलादीमा हुने विधान अधिवेशन तीन दिनसम्म चल्नेछ।

पार्टीले पहिलोपटक आयोजना गर्न लागेको अधिवेशनमा पार्टी अध्यक्ष उपेन्द्र यादवले विधानको मस्यौदा प्रस्तुत गर्नेछन्।

सुझावित समाचार