दुई वर्षभित्र शतप्रतिशत विद्युत् पुर्‍याउँछौँ : मन्त्री बस्नेत

बिहिबार, ७ असार, २०८०
डिजिटल संस्करण

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले दुई वर्षभित्रमा शतप्रतिशत विद्युत् विस्तार गर्ने बताएका छन्। 

बिहीबार प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै मन्त्री बस्नेतले आगामी दुई वर्षभित्रमा शतप्रतिशत विद्युत् पुर्याउने बताएका हुन्। 

उनले कर्णाली र सुदूरपश्चिम प्रदेशबाहेकका प्रदेशमा भने यसै वर्ष नै शतप्रतिशत विद्युतीकरणको काम पूरा गर्ने गरी बजेट विनियोजन गर्ने बताए। उनले वर्षायाममा विद्युत् आपूर्तिलाई सहज बनाउनका लागि एक महिनाभित्रमा दुईवटा ट्रान्समिसन लाइन थप्न लागेको पनि बताए। 

उनले विद्युत् उत्पादन, व्यापार, पूर्वाधार निर्माण, ट्रान्समिसन निर्माण र डिस्ट्रिब्युसन सिस्टमलाई अपग्रेड गर्ने कामलाई एकीकृत रूपमा गर्न लागिएको जानकारी दिए। 

सुझावित समाचार