सामान्य अंकले बढ्यो नेप्से, हाेटेल उपसमूहमा बहार

बिहिबार, ७ असार, २०८०
डिजिटल संस्करण

नेप्से परिसूचक सामान्य अंकले बढेको छ। बिहीबार नेप्से ४.७५ अंकले बढेर दुई हजार ५५.५३ विन्दुमा कायम भएको छ। ठूला कम्पनीको कारोबार मापक सेन्सेटिभ परिसूचक भने ०.३० अंकले घटेर लागेर ३८५.८१ मा सीमित भएको छ।

आज ८० लाख आठ हजारभन्दा बढी कित्ता सेयर तीन अर्ब ४४ करोड ४८ लाख रुपैयाँबराबरमा कारोबार भएका छन्। कारोबार भएका कुल १३ उपसमूहमध्ये चार उपसमूहको मूल्य बढेको छ भने बाँकी उपसमूहको मूल्यमा गिरावट आएको छ। सबैभन्दा धेरै होटेल तथा टुरिजम उपसमूह ८.६५ प्रतिशतले बढ्दा जीवन बिमा ३.२४ प्रतिशतले वृद्धि भएको छ। हाइड्रोपावर उपसमूहमा सबैभन्दा धेरै १.६० प्रतिशतले गिरावट आएको छ।

यस दिन तारागाउँ रेजेन्सी होटेल, ओरियन्टल होटेल, कालिन्चोक दर्शन र बिपिडब्लु लघुवित्तका लगानीकर्ताले सर्वाधिक १० प्रतिशतले कमाएका छन्। त्यसैगरी, सिटी होटेल र हिमालयन लाइफ इन्स्योरेन्सको सेयर मूल्य ९.९८ प्रतिशतले बढेको छ। यता, सिटिजन म्यूचल फन्ड– १ को सेयर मूल्य सर्वाधिक ८.४१ प्रतिशतले घटेको छ।

सुझावित समाचार