एमाले सचेतक महेश बर्तौला भन्छन्- एमालेले चाहे एक हप्ताभित्रै सरकार ढल्छ

बुधबार, ६ असार, २०८०
डिजिटल संस्करण

नेकपा एमालेका सचेतक महेश बर्तौलाले एमालेले चाहेमा एक हप्ताभित्रमा सरकार ढाल्न सक्ने दाबी गरेका छन्। 

बुधबार नयाँबानेश्वरस्थित संघीय संसद् भवनमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सचेतक बर्तौलाले एमालेले चाहेमा एक हप्ताभित्रमा सरकार ढाल्ने दाबी गरेका हुन्। 

उनले यो सरकारको आयु प्रत्येक एक दिनका लागि भएको बताए। यद्यपि, सरकार एमालेको प्रयत्नले ढल्ने नभई गठबन्धनभित्रकै अन्तरविरोध, असमझदारी र अविश्वासले ढल्ने बताए। 

सांसद बर्तौलाले एमालेले प्रतिपक्ष दलहरूको मोर्चा नबनाउने पनि स्पष्ट पारे। बर्तौलाले एमालेले आफ्नै सामर्थ्य र जनताको आदेशका आधारमा संसदमा भूमिका निर्वाह गर्ने बताए। उनले प्रधानमन्त्री पुष्पकमल दाहालले सत्ताबाट हट्नुपर्ने हो कि भन्ने त्रासका कारण समाजवादी मोर्चा बनाएको दाबी गरे।

उनले समाजवादी मोर्चा गठबन्धनभित्रको एउटा गुट भएको टिप्पणी गरे। मोर्चामा आबद्ध दलहरूबीचको प्रेम ‘गैँडाको प्रेम चटाइ’ भएको उनको भनाइ थियो। 
 

सुझावित समाचार