चट्याङ लागेर नवलपुरमा एकजनाको ज्यान गयाे

बुधबार, ६ असार, २०८०
डिजिटल संस्करण

पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका- १ भटुकेमा बुधबार बिहान चट्याङ लागेर एकजनाको ज्यान गएकाे छ ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक सन्तोष पाठकका अनुसार बुधबार बिहान ६:३० बजेको समयमा विनयी त्रिवेणी गाउँपालिका- १ भटुके बस्ने वर्ष ५७ को छविलाल सारूको चट्याङ लागेर निधन भएको हो । 

विनयी त्रिवेणी– १ गोग्दीस्थित खेतमा श्रीमान्  र श्रीमती  दुवैजना खेतमा काम गर्ने क्रममा श्रीमानलाई चट्याङ लागेको हो ।

चट्याङ लागेर घाइते भएका छविलालकाे घरमा ल्याउना साथ मृत्यु भएकाे प्रहरीले जनाएको छ । मंगलबार पनि पश्चिम नवलपरासीमा एकजनाको चट्याङ लागेर निधन भएको थियो ।
 

See More On

सुझावित समाचार