समाजवादी मोर्चा वृद्धहरूको क्लब : योगेश भट्टराई

मंगलबार, ५ असार, २०८०
डिजिटल संस्करण

नेकपा एमालेका सचिव एवं सांसद योगेशकुमार भट्टराईले समाजवादी मोर्चा वृद्धहरूको क्लब भएको टिप्पणी गरेका छन्।

मंगलबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले समाजवादको धारणामा एकरूपता हुन नसकेकाहरूको मोर्चा धेरै समय नटिक्ने दाबी गरे। मोर्चामा संविधान च्यात्नेहरूसमेत रहेको उल्लेख गर्दै भट्टराईले संविधानप्रति समान दृष्टिकोण नरहेकाहरूको मोर्चाले उपलब्धि दिन नसक्ने बताए। 

‘समाजवादी मोर्चा भनेर बनाउनुभएको छ, समाजवादको धारणाप्रति नै उहाँहरूको एकरूपता छ त? समाजवादमा पुग्ने बाटोमा एकरूपता छ त? उपेन्द्र यादवजीले समाजवादमा पुग्ने बाटो र नेत्रक्रिम चन्दले समाजवादमा पुग्ने बाटो एउटै छ? तरिका एउटै हो? संविधानप्रति उहाँहरूको समान दृष्टिकोण छ? संविधान च्यात्नेहरू पनि त्यहीँ हुनुहुन्छ। कस्तो मोर्चा हुन्छ त्यो? यो प्रौढहरूको क्लब ह। यसमा इतिहासको बखान हुन्छ। मेरो पालमा यो, मेरो पालामा यो। यो बुढाहरूको क्लब हो। भविष्यको सपना केही पनि छैन,’ उनले भने।

सांसद भट्टराईले मोर्चा बनाएर दलहरू अहिले अस्तित्वको संकटमा रहेको भन्दै मोर्चा पछि पुनः झगडा गरेर आफैँ छुट्टिने दाबी गरे।

सुझावित समाचार