मकवानपुरमा कार दुर्घटना हुँदा एकजनाको मृत्यु

मंगलबार, ५ असार, २०८०
डिजिटल संस्करण

मकवानपुरमा मंगलबार दिउँसो भएको कार दुर्घटनामा एकजनाको मृत्यु भएको छ। भीमफेदी गाउँपालिका– ८ गंगटेस्थित कान्ति लोकपथमा भएको दुर्घटनामा हेटौँडा– ३ बसामाडीका ३० वर्षीय विवेक लामाको मृत्यु भएको हो।

बी.ए.सी ०५३७ नम्बरको कार अनियन्त्रित भएर सडकदेखि अन्दाजी तीन सय मिटर तल खोँचमा खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता एवं डिएसपी टेकबहादुर कार्कीले जानकारी दिए।

उनका अनुसार लामाको घटनास्थलमै मृत्यु भएको हो। दुर्घटनामा भीमफेदी गाउँपालिका– ५ बस्ने ४५ वर्षका राजकुमार बल घाइते भएका छन्। उनको उपचार भैरहेको प्रहरीले जनाएको छ।

सुझावित समाचार