दोहोरो अंकले घट्यो नेप्से

मंगलबार, ५ असार, २०८०
डिजिटल संस्करण

नेप्से परिसूचक दोहोरो अंकले ओरालो लागेको छ। मंगलबार नेप्से २६.५६ अंकले घटेर दुई हजार ६४.८३ विन्दुमा कायम भएको छ। ठूला कम्पनीको कारोबार मापक सेन्सेटिभ परिसूचक ४.२५ अंकले ओरालो लागेर ३८८.१४ मा सीमित भएको छ।

आज एक करोड सात लाख ९२ हजार कित्ता सेयर रु चार अर्ब ११ करोड छ लाख रुपैयाँबराबरमा कारोबार भएका छन्। कारोबार भएका कुल १३ उपसमूहमध्ये तीन उपसमूहको मूल्य बढेको छ भने बाँकी सबै उपसमूहको मूल्यमा गिरावट आएको छ। सबैभन्दा धेरै फाइनान्स उपसमूहको मूल्य ३.७० प्रतिशतले घटेको छ।

आज सिटी होटेल र बिपिडब्ल्यू लघुवित्तको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। इन्ग्वा हाइड्रोपावर ९.९७, ग्लोबल आइएमई ब्यालेन्स फन्ड पहिलो ३.८७ र ग्रिन भेन्चर्स लिमिटेडका लगानीकर्ताले ३.८४ प्रतिशत कमाएका छन्।

यता, युनिक नेपाल लघुवित्त ९.९९ प्रतिशत,  सानिमा इक्विटी फन्ड ८.८९, माहुली लघुवित्त ७.४८ प्रतिशत  र मल्टिप्रपोज फाइनान्स ६.३० प्रतिशतले घटेको छ।

सुझावित समाचार