कामना सेवा र ट्र्यांक्विलिटीबीच सम्झौता

सोमबार, ४ असार, २०८०
डिजिटल संस्करण

कामना सेवा विकास बैंक र ट्र्यांक्विलिटी स्पाबीच मर्चेन्ट सम्झौता भएको छ । कामना सेवाका ग्राहकले उक्त स्पामा सेवा लिँदा छुट प्राप्त गर्ने सम्झौता भएको हो । 

सम्झौताअनुसार कामना सेवाका सम्पूर्ण ग्राहकले उक्त स्पाका सम्पूर्ण आउटलेटहरूले प्रदान गर्ने मसाज थेरापी तथा सैलुन सेवाहरूमा २५ प्रतिशतसम्म छुट पाउने जनाइएको छ ।

साथै, सदस्यता लिएका बैंकका ग्राहकलाई स्पाले प्रदान गर्ने सेवा–सुविधामा ५० प्रतिशतसम्मको छुटको समेत व्यवस्था रहेकोे उल्लेख छ । बैंकसँग आबद्धताको प्रमाणका आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिने बैंकले जनाएको छ । 

सुझावित समाचार