मुला खानुका फाइदा...

आइतबार, ३ असार, २०८०
डिजिटल संस्करण

- मुलामा प्रशस्त मात्रामा पाइने एन्टिअक्सिडेन्टले शरीरका कोषको डिएनए नष्ट हुनबाट बचाउँछ । साथै, नियमित मुला सेवन गर्दा पेट र आन्द्रामा हुने क्यान्सरको जोखिम कम हुन्छ । 

- मुला पायल्सका लागि अचुक औषधि मानिन्छ । नियमित मुला खाएमा पायल्सको जोखिम कम हुन्छ । यसमा पाइने डाइट्री फाइबर्सका कारण दिसालाई नरम बनाउँछ । पाचन प्रक्रिया राम्रो गर्छ । शरीरमा हुने जलनलाई कम गर्न सहयोग गर्छ । 

- मुलाको नियमित सेवनले इन्सुलिनको मात्रालाई नियन्त्रण गर्छ । यसले शरीरमा चिनीको मात्रा नियन्त्रण गर्ने भएकाले मधुमेह रोगीका लागि समेत यो फाइदाजनक हुन्छ । त्यस्तै, मुलामा भिटामिन ए, बी र सी पर्याप्त मात्रामा पाइन्छ । यसले आँखाको ज्योति बढाउन सहयोग गर्छ ।

- मुलामा पानीको मात्रा प्रशस्त पाइन्छ । यसले शरीरमा पानीको आपूर्ति गर्नुका साथै मिर्गौलाजन्य रोगको जोखिम घटाउँछ ।

- मुलामा ज्यादै कम मात्रामा मात्र क्यालोरी र फाइबर पाइने भएकाले तौल नियन्त्रण गर्न सहयोग पुर्याउँछ । 

See More On

सुझावित समाचार