जेम्स प्रधानको निर्देशनमा तयार भएको सर्ट फिल्म ‘सर्ट टर्म मेमोरी लस’को एक समरोहबीच काठमाडौंमा प्रिमियर गरिएको छ।
समिसन जिसी र बेदना राईको अभिनय रहेको सर्ट फिल्ममा यी दुईको खोला किनारमा हुने भेटले निम्तिने परिस्थितिलाई चित्रण गरिएको छ। फिल्मलाई श्याम तामाङले छायांकन, कपिल पराजुलीले रंग संयोजन र जेसिका प्रधानले सम्पादन गरेका हुन्।
गायक तथा संगीतकारको रूपमा करिअर सुरु गरेका जेम्सले नै यो सर्ट फिल्मको कथा लेखेका छन्। यो उनको दोस्रो सर्ट फिल्म हो।
अभिनेता तथा मोडल प्रशान्त ताम्राकारले प्रिमियरपछि नियमितभन्दा फरक महसुस गरेको प्रतिक्रिया दिए। ‘निर्देशकीय पक्ष र कलाकारको काम सबै राम्रो छ। कलाकार पनि भएकाले उहाँको निर्देशनमा काम गर्ने रहर जाग्यो,’ प्रशान्तले भने।