सफल व्यवसायी रहिसकेर राजनीतिमा हामफालेका यी नेताको पूरा राजनीतिक करिअर मनोरञ्जन र शक्तिको सम्मिश्रण रह्यो । उनले आफ्नो राजनीतिक करिअरमा यौनकाण्ड भोगे, तर त्यस प्रकरणले पनि उनको राजनीतिक करिअरलाई प्रभावित बनाएन । बरु उल्टो तिनले आफ्नो पार्टीलाई आफ्नै छविमा ढाल्दै लान सफल भए । चुनाव हार्दा उनी आपूmलाई धाँधलीपूर्ण हराइएको आरोप लगाउँथे । कानुनी नियामक निकायले उनको व्यवसायले गरेका गलत कामको छानबिन ग¥यो । तिनले आफ्ना मित्र भ्लादिमिर पुटिनको प्रशंसा गर्न कहिल्यै छाडेनन् ।
राजनीतिक रूपमा हराउन असफल भएपछि उनका प्रतिद्वन्द्वीले उनलाई अदालतबाट हटाउने प्रयास गरे । तर, उनले त्यसलाई पनि आफ्नो फाइदाका लागि उपयोग गर्ने गरी आफूविरुद्ध राजनीतिक प्रतिशोध साध्न लागेको भनेर आफ्ना मतदातालाई उचाले । विभिन्न हतकण्डा अपनाएर उनी वषौँंसम्म आफ्नो देशको राजनीतिको केन्द्रमा दृढताका साथ रहन सके । यी व्याख्या पढेर धेरैको मस्तिष्कमा डोनाल्ड ट्रम्पको छवि आउन सक्छ । तर, माथिको चरित्रचित्रण वास्तवमा गत सोमबार ८६ वर्षको उमेरमा बितेका इटलीका पूर्वप्रधानमन्त्री सिल्भियो बर्लुस्कोनीको हो ।
चारपटक इटलीका प्रधानमन्त्री बनेका बर्लुस्कोनीले तीन दशकसम्म यस देशको राजनीतिमा प्रभुत्व जमाउँदै यसको रूप र काल्पनिकीलाई आफ्नै ढंगले पुनर्संरचना गरिदिएका थिए । मिलानको एक मध्यमवर्गीय परिवारमा हुर्केका र कुनै समय आयआर्जन गर्न क्रुज जहाजहरूमा गीत गाउँदै हिँडेका बर्लुस्कोनी पछि एक सफल उद्यमीका रूपमा उदाए । यस क्रममा उनी इटलीको व्यावसायिक टेलिभिजन क्षेत्रको मास्टरमाइन्डको रूपमा प्रख्यात भए ।
सन् १९९० को बीचमा आमजनतामा पुराना राजनीतिक दलप्रति चरम निराशा उब्जिएको समयमा बर्लुस्कोनी नयाँ दल लिएर राजनीतिमा प्रवेश गरेका थिए । सन् १९९४ को चुनावपछि उनी पहिलोपटक प्रधानमन्त्री बन्न सफल भएका थिए । जब कि उनको दल ‘फोर्जा इटालिया’ चुनावको तीन महिनाअघि मात्र गठन भएको थियो । त्यसपछि बर्लुस्कोनीको कथा लामो समयसम्म इटलीको कथासँग गाँसियो । तथापि उनको प्रभाव त्यस मुलुकमा मात्र सीमित रहेन । आफ्नो ख्यातिलाई शक्ति प्राप्त गर्न र तिनलाई कायम राख्न बर्लुस्कोनीले अपनाएका हतकण्डाहरू ट्रम्पको राजनीतिक करिअरका लागि मार्गदर्शन भए ।
डोनाल्ड ट्रम्प र सिल्भियो बर्लुस्कोनीबीच धेरै समानता भेटिन्छन् । अधिक अहंकार भएका दुवै नेता सधैँ विश्वका शक्तिशाली नेताको प्रशंसक रहे । त्यस्तै दुवैमा टिभी, न्यून गुणस्तरको फर्निचर र भद्दा मजाकप्रति ठूलो रुचि देखियो । सम्भवतः सबैभन्दा महŒवपूर्ण समानता यी दुई नेतामा आममतदाताको भावनालाई छाम्न सक्ने प्रतिभामा देखियो ।
घरजग्गा व्यवसायबाट आएका ट्रम्प र मिडिया व्यवसायी बर्लुस्कोनीमा मनोरञ्जनप्रतिको चाख पनि लगभग उस्तै थियो । उनीहरूमा डरको राजनीतिप्रतिको रुचि पनि मिल्थ्यो । ट्रम्पले आफूविरुद्धको न्यायिक कारबाहीलाई ‘प्रतिशोधपूर्ण’ भन्नेर म्यानहट्टन क्षेत्रका वकिललाई ‘साइकोप्याथ(एक मनोरोगी)’ भन्नुभन्दा धेरै पहिले बर्लुस्कोनीले आफूविरुद्ध फैसला गर्ने न्यायाधीशलाई आफूविरुद्ध ‘कम्युनिस्ट षड्यन्त्र’मा सहभागी भएको आलोचना गरेका थिए ।
यी दुई पुरुषमा समानताका अतिरिक्त भिन्नता पनि थिए । बर्लुस्कोनी आवश्यक पर्दा ट्रम्पभन्दा लचिलो बन्न सक्थे । ट्रम्पको छवि गम्भीर, क्रुद्ध हेराइले परिभाषित हँुदा बर्लुस्कोनी भने उनको सदाबहार मुस्कानले चिनिन्थे ।
आलोचकबाट बच्न बर्लुस्कोनीले चाल्ने चाल र कदम ट्रम्पकै स्तरका, अझ उनलाई माथ दिने खालका हुन्थे । ट्रम्पले पोर्नस्टार स्टोर्मी डेनियललाई आफूहरूबीचको सम्बन्धबारे नबोल्न दिएको रकमको प्रकरणले अमेरिकामा ठूलो विवाद निम्त्याएको थियो । तर त्यो प्रकरण बर्लुस्कोनीले उनी जोडिएको कुख्यात ‘बुंगा–बुंगा’ पार्टीबारे दिएको बयानका अघि फिका लाग्छ । उनले सो पार्टीको अनुसन्धानका लागि पक्राउ परेकी १७ वर्षीया करिमा एल–महरुग इजिप्टका राष्ट्रपति होस्नी मुबारककी भान्जी भएको बयानका दिएका थिए । आरोप जेसुकै होस्, बर्लुस्कोनीसँग जवाफ सधैँ तयार हुन्थ्यो ।
बर्लुस्कोनीको मिडिया, वित्त, खेलकुद र घरजग्गा क्षेत्रमा संलग्न दर्जनौँ कम्पनीसहितको ६.८ अर्ब डलरको व्यापारिक साम्राज्य राजनीतिक परियोजनाको आधारशिला थियो । उनी समृद्धिको आफ्नै संस्करण प्रचारमा ल्याएर परम्परागत भ्रष्ट राजनीतिक वर्ग र आर्थिक स्थिरताबाट निराश इटालियन नागरिकमा आशा जगाउन सफल भएका थिए । ट्रम्पले भूमण्डलीकरणबाट प्रभावित अमेरिकीलाई आकर्षित गर्नुभन्दा दुई दशकअघि नै बर्लुस्कोनीले नयाँ रोजगारी र कर कटौतीको वाचा गरेर इटलीका ‘बिर्सिएका मानिसहरू’लाई आफूतर्फ तानेका थिए ।
बर्लुस्कोनी कैयौँ विरोधाभाषका मिश्रण थिए । उनी ‘नैतिक अराजकता’का प्रवचन दिन्थे, तर गोप्य रूपमा ‘सेक्स पार्टी’ आयोजना गर्थे । उनको मुख्य मत–आधार मजदुर वर्ग थियो, तर उनको उठबस भने धनाढ्यसँग हुन्थ्यो, जसलाई प्रायः सार्डिनियन तटको छेउमा रहेको उनको १२६ कोठे आलिसान घरमा जमघट गर्थे । बर्लुस्कोनीले उनको व्यक्तिगत जीवनलाई राजनीतिसँग एकाकार गरेका थिए, त्यसैले पतन हुँदा उनी यी दुवै मोर्चामा धराशयी भए ।
उनको नाम स्थायी रूपमा ‘सेक्स पार्टीहरू’सँग जोडिएर आलोचना हुने गथ्र्यो । तर, उनी तिनलाई ‘सुन्दर डिनर’को संज्ञा दिन्थे । सन् २००९ मा जब बर्लुस्कोनीले यी पार्टीमा सहभागी हुने एक महिलालाई युरोपेली संसद्का लागि उम्मेदवार छाने, उनकी दोस्रो पत्नी भेरोनिका लारियोले सार्वजनिक रूपमै यस ‘निर्लज्ज’ व्यवहारको विरोधमा सम्बन्धविच्छेदको निवेदन दायर गरिन् । त्यसको दुई वर्षपछि युरोपेली केन्द्रीय बैंकको एक पत्रले प्रधानमन्त्रीको रूपमा उनको करिअर समाप्त गरिदियो । करछलीका लागि दोषी पाइएपछि उनको सिनेट पदसमेत गुम्यो । तर, पनि उनी मौन बसेनन् ।
सेक्स पार्टीसम्बन्धी बर्लुस्कोनीविरुद्ध परेका तीनवटै मुद्दामा उनले सफाइ पाए । सन् २०२२ को चुुनावमा उनी पुनः सांसद चुनिएर आए । यस चुनावमा उनको दल ‘फोर्जा इटालिया’को चुनावी समर्थन घटेको भए पनि सत्तागठबन्धन निर्माणमा निर्णायक (किङमेकर) बने । असफलता र पुनरागमनको उतारचढावको बर्लुस्कोनीको इतिहास ट्रम्पमा पनि देखिइरहेको छ । तथापि, बर्लुस्कोनी ट्रम्पभन्दा बढी लचिलो हुन सक्थे । यी दुई पुरुषबीचका उल्लिखित समानताका अतिरिक्त भिन्नताता पनि थिए ।
बर्लुस्कोनी आमजनतामा भविष्यप्रति आशा जगाउन सक्ने नेता थिए । उनी खुला बजार र व्यक्तिवादका कट्टर समर्थक थिए, जुन ट्रम्पको संरक्षणवादबाट कोसौँ टाढा थियो । ट्रम्पको छवि गम्भीर, क्रुद्ध हेराइले परिभाषित हँुदा बर्लुस्कोनी भने उनको सदाबहार मुस्कानले चिनिन्थे । आफ्ना पाहुनालाई ख्यालठट्टा गरेर मनोरञ्जन गराउने क्रममा उनको उन्मुक्त व्यक्तित्व ट्रम्पमा कहिल्यै देखिएको छैन । तर, यी दुई नेतामा अर्को एक समानता पनि भेटिन्छ, त्यो हो देशलाई बचाउन सक्ने व्यक्ति आफू मात्र भएको सोच । तिनको यस्तो सोच भए पनि आलोचकले भने तिनलाई उनीहरूको देशको समस्याको एक मात्र कारणका रूपमा औँल्याइरहे ।
द न्युयोर्क टाइम्सबाट