नेपालमा बिवाइडी अटो इन्डस्ट्री कम्पनी लिमिटेडको आधिकारिक विक्रेता साइमेक्स इंक प्रालिले बिवाइडी विद्युतीय गाडीको नयाँ मूल्य तोकेको छ । कम्पनीले बिवाइडी एट्टो३ विद्युतीय गाडीको नयाँ मूल्य तोकेको हो ।
जसअनुसार कुनै मोडेलको मूल्य घटेको र कुनै मोडेलको मूल्य बढेको कम्पनीको भनाइ छ । कम्पनीका अनुसार बिवाइडी एट्टो३ १००किलोवाट (६०.४८ किलोवाट आवर ब्याट्री प्याक) भएको गाडीको मूल्य ६५ लाख ८८ हजार रुपैयाँ तोकिएको छ ।
त्यस्तै, बिवाइडी एट्टो३ १०० किलोवाट (४९.९२ किलोवाट आवर ब्याट्री प्याक) भएको गाडीको मूल्य ५५ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । कम्पनीले उपलब्ध गराउने अर्को मोडेल बिवाइडी एट्टो३ १५० किलोवाट (६०.४८ किलोवाट आवर ब्याट्री प्याक) भएको गाडीको मूल्य ८१ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । करको दर परिवर्तन हुनुअघि यी गाडीको मूल्य ६४ लाख ९० हजार रुपैयाँ र ८९ लाख ९० हजार रुपैयाँ रहेको कम्पनीको भनाइ छ ।
‘आर्थिक वर्ष ०८०/८१ को बजेटअनुसार करको नीतिमा भएको परिवर्तनले गर्दा मूल्यमा संशोधन गर्ने बाध्यात्मक परिस्थिति आएको हो ।’ कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘संशोधित मूल्य निर्धारणले सरकारको नयाँ नियमको पालना गर्दै आफ्ना ग्राहकलाई प्रतिस्पर्धी वा छनोटको प्रस्ताव उपलब्ध गराउन कम्पनी प्रतिबद्ध छ ।’