७० हजार घुससहित वडाध्यक्ष र सचिव पक्राउ

बुधबार, ३१ जेठ, २०८०
डिजिटल संस्करण

सडकको निर्माण कार्य सम्पन्न भएको सिफारिस गरिदिएबापत ७० हजार रुपैयाँ घुस लिने वडाध्यक्ष र सचिवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रंगेहात पक्राउ गरेको छ। 

धनुषाको नगराइन नगरपालिका– २ का वडाध्यक्ष बुलन यादव र सचिव अमृतनारायण मिश्रलाई अख्तियारको टोलीले घुस रकमसहित पक्राउ गरेको हो। 

वडाध्यक्ष यादव र सचिव मिश्रले सडक निर्माण कार्य सम्पन्न भएको सिफारिसबापत घुस मागेका थिए। दुवैलाई अख्तियारको बर्दिवास कार्यालय टोलीले आज नगराइन चोकबाट नियन्त्रणमा लिएको हो। 

उनीहरूमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।

सुझावित समाचार