५४ लाखबराबरको सुनसहित युवक पक्राउ

बुधबार, ३१ जेठ, २०८०
डिजिटल संस्करण

जिल्ला प्रहरी कार्यालय मकवानपुरले आज (बुधबार) बिहान करिब ५४ लाख ४८ हजार रुपैयाँबराबरको अवैध सुनसहित एकजना युवालाई पक्राउ गरेको छ।

प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले आज बिहान ३ बजेको समयमा हेटौँडा १५ स्थित रातामाटे चेकपोस्टबाट वीरगन्जका २२ वर्षीय किसन साहलाई पक्राउ गरेको हो।

वीरगन्जबाट पोखराका लागि छुटेको प्रदेश २–०३–००१ ख ०१५९ नम्बरको बसमा सवार साहको शरीर खानतलास गर्दा उनले जुत्ताको नोकभित्र लुकाइछिफाइ ल्याएको अवस्थामा ५६१.३० ग्राम सुन फेला परेको प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए।

साहलाई नियन्त्रणमा लिएर थप अनुसन्धान प्रक्रिया अगाडि बढाएको प्रहरीले जनाएको छ। यस्तै, प्रहरीले मंगलबार रातोमाटे चेकपोस्टबाटै अवैध कपडासमेत बरामद गरेको जनाएको छ। 

प्रवक्ता कार्कीले वीरगन्जबाट पोखरातर्फ जाँदै गरेको ग.२ख ६९२ नम्बरको यात्रुवाहक बसको डिक्कीभित्र लुकाएर ल्याइएको अवस्थामा एक सय थान साडी र ६ सय थान सल बरामद गरिएको जानकारी थिए।

प्रवक्ता कार्कीका अनुसार प्रहरीले करिब एक लाख पाँच हजार रुपैयाँबराबर मूल्यको कपडा बरामद गरेको हो। उनले प्रहरीले बरामद गरेको कपडा आवश्यक कारबाहीका लागि राजस्व कार्यालय पथलैया पठाउने तयारी गरेको जानकारी दिए। 

See More On

सुझावित समाचार