यसरी बनाउनुस् लस्सी

बुधबार, ३१ जेठ, २०८०
डिजिटल संस्करण

शरीरलाई शीतलता प्रदान गर्ने भएकाले गर्मीमा लस्सी धेरैको रोजाइमा पर्छ । तपाईंले घरमै स्वादिलो लस्सी बनाएर परिवारसँग त्यसको मज्जा लिन सक्नुहुन्छ । 

गुल अनार लस्सी : एक कप हाङ कर्ड (पानी छानेको बाक्लो दही), दुई चम्चा चिसो क्रिम, एक चम्चा रोज सिरप, आधा कप अनार जुस, एक चम्चा ठन्डाइ पाउडर, स्वादअनुसार नुन तथा आवश्यकता परे थोरै चिसो पानी हालेर ब्लेन्ड गरी यो लस्सी सर्भ गर्न सकिन्छ ।

ह​निडिउ ल​स्सी : यो ल​स्सी ब​नाउन​ पाकेको ह​निडिउ लिने र​ ताछेर ​१०० ग्राम​मा १५० ग्राम​ स्विट​ कर्ड​ हाल्ने । एउटा काग​ती र​ आधा सुन्त​ला निचोरेर​ हाली ब्लेन्ड​ ग​र्ने र​ गिलासमा हालेर स​र्भ​ ग​र्ने । 

छोकडा (खजुर) लस्सी : दूध/दही एक–एक कप हालेर १५ पिस छोकडाको दाना निकालेर थोरै चिसो पानी र हनी हालेर ब्लेन्ड गरी सर्भ गर्न सकिन्छ । 

बेल​ ल​स्सी : बेल​को ल​स्सी ब​नाउन​ पाकेको ठूलोे दानाको भित्री भाग​को फ​ल​ लिएर​ एक कप​ द​ही, सात पिस​ काजु, पिन्च​ नुन​ र​ थोरै चिसो पानी साथमा ​ चिनी वा म​ह​ एक चम्चा हालेर​ ब्लेन्ड​ गरी स​र्भ​ ग​र्न​ स​किन्छ । 

See More On

सुझावित समाचार